माया खोला हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2023 | 08:21:13 AM मा प्रकाशित

आयोजना प्रभावित स्थानीललेय माया खोला हाइड्रोपावर लिमिटेडको आईपिओ भर्ने आज पुस १७ गते अन्तिम दिन रहेको छ। कम्पनीले  मङ्सिर २३ गतेदेखि संखुवासभाका आयोजना प्रभावित स्थानीयलाई आईपिओ बिक्रि खुला गरेको थियो

 कम्पनीले आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९  का स्थानीय,  धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४, ५, का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै प्रभवित क्षेत्रको रुपमा रहेका चैनपुर , धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्काशन गरेको हो ।  स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

त्यस्तै कम्पनीले २ लाख ४० हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरेको थियो । श्रमिकलाई छुट्याईएको शेयरमा पुस ८ गतेसम्म मात्र आवेदन दिन सकिने ब्यबस्था थियो।

 शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।

कम्पनीले संखुवासभामा १४.९ मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved