सगरमाथा जलविद्युत कम्पनीले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 04:30:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस १७ गते कम्पनीलाई आईपिओ निष्काशन अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आईपिओ बिक्रि खुला गर्ने ब्रो खुलेको छ । कम्पनीले आफ्नो जारी पूँजी रु. १ अर्ब १२ करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु. ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर सर्वसाधारणमा निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको छ। 

 कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved