शेयरबजारमा ९८ अंकको उतारचढाव, ७ अर्ब ६५ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 03:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार शेयरबजारमा तिब्र उतारचढाव देखिएको छ। आज मंगलबार नेप्से सूचक २१.३५ अंकले घटेर २१९०.४२ को बिन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका २५४ कम्पनीका २ करोड ८ लाख ४३ हजार ९ सय ५२ कित्ता शेयर खरिद बिक्रिबाट ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५ सय ७९ रुपैयाँ ८६ पैसा रुपैयाँको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सर्वाधिक २१ करोड २१ लाख, अपि पवरको २० करोड ६७ लाख, रिडी हाइड्रोको १८ करोड १५ लाख, एनआईसी एशिया बैंकको १६ करोड ७२ लाख, तथा शिवम सिमेन्टको १६ करोड ३४ लाखको कारोबार भएको छ । 

आज बाराही हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ । त्यस्तै सिंगटी हाइड्रोको शेयर मूल्य ८.४५ प्रतिशत तथा विन नेपाल लघुवित्तको शेयर मूल्य ८.३० प्रतिशत बढेको छ ।  आज  तारागाउँ रिजेन्सी होटेलको शेयर मूल्य सर्वाधिक ८.७४ प्रतिशत घटेको छ भने बुद्धभूमि नेपाल हाइड्रोको शेयर मूल्य ७.४७ प्रतिशत घटेको छ । 

आज कारोबारमा आएका मध्ये बैंकिंग र म्युचुअल फण्ड बाहेकका सबै सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक ४.३१ प्रतिशत घटेको छ । 

आजकारोबार अवधिमा नेप्से सूचक सर्वाधिक २२७७ को बिन्दुसम्म पुगेको थियो भने २१७९ को बिन्दुसम्म पुगेको थियो । यस हिसाबमा आज दिनभरमा नेप्सेमा ९८ अंकको उतारचढाव आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved