सुपर हेवा पावर कम्पनीले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 05:14:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सुपर हेवा पावर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपिओ निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । 

 उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् । 

कम्पनीले  रु.१०० अंकित दरका रु.११ करोड ५४ लाख ३६  हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३ सय ६० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved