गुरु न्यौपानेलाई धितोपत्र बोर्डले गर्यो कारवाही: १० वर्ष संचालक बन्न नपाउने, ७५ हजार जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2023 | 09:22:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र  बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारवाही गरेको छ । बोर्डले न्यौपानेलाई नगद जरिवानाको साथै १० वर्षसम्म कुनै पनि सुचिकृत कम्पनीको संचालक बन्न नपाउने गरि कारवाही गरेको हो ।

  कानुन विपरित अवैध रुपमा आफु पदमा हुँदा नै दोस्रो बजारमा शेयर खरिद बिक्रि गरेको पुष्टि भएपछि बोर्डले उनलाई कारवाही गरेको हो। पुस २४ गते बसेको बोर्डको संचालक समितिको बैठकले उनलाई १० बर्षसम्म कुनै पनि पब्लिक लि. कम्पनी वा संस्थाको सञ्चालक, महाप्रवन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरि कारवाही गरेको हो । धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०८ अनुसार उनलाई संचालक बन्न प्रतिबन्ध लगाईएको बोर्डले जनाएको छ । त्यस्तै बोर्डले उनलाई धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ (७) अनुसार ७५ हजार रूपैयाँ जरिबाना समेत गरेको छ ।

धितोपत्र बोर्डले एक वर्ष अगाडी नै उनको शेयर कारोबार बारे अध्ययन गरेको थियो । अध्ययनको क्रममा उनले सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेको देखिएको थियो। अध्ययनको निष्कर्ष मिडिया मार्फत पनि सार्वजनिक भईसकेको र बोर्डले उनीहरुलाई संरक्षण गरेको आरोप लागेपछि बोर्डले उनीहरु माथि कारवाही अघि बढाउने निर्णय गरेको थियो। बोर्डले उनलाई स्पष्टिकरण सोधेको र  चित्त बुझ्दो जवाफ नआएपछि कारवाही गरेको हो । 

धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१क) अनुसार कुनै पनि सुचिकृत कम्पनीको संचालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदवाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था गरेको छ । गुरु न्यौपानेले आफु अध्यक्ष रहंदा नै तत्कालिन रिडी डेभलपमेन्ट कम्पनीको २०७७ चैत १९ देखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको  २८ हजार ९५३ कित्ता शेयर बिक्री गरेका थिए। 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved