राष्ट्रिय योजना आयोगले भन्यो 'पुँजीबजारमा स्वतन्त्र मूल्य निर्धारण विधि लागु गर्न प्रगति भएन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 09:59:37 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगले पुँजीबजारमा स्वतन्त्र मूल्य निर्धारणको विधि लागु गर्ने सम्बन्धमा न्यून मात्रै उपलब्धि हासिल भएको जनाएको छ । नेपालको पन्ध्रौं राष्ट्रिय योजनाको मध्यावधि समीक्षा गर्दै आयोगले यस्तो जनाएको हो । आयोगले आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको समयलाई आधार मानेर पन्ध्रौं राष्ट्रिय योजनाको मध्यावधि समीक्षा गरेको हो ।

समीक्षामा पुँजीबजारमा स्वतन्त्र मूल्य निर्धारणको विधि लागु गर्ने सम्बन्धमा र धितोपत्र बजारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताको प्रवेश गराउने कार्यमा भने न्यून उपलब्धि हासिल भएको उल्लेख छ । त्यस्तै नेपाल धितोपत्र बोर्डको नियमन तथा सुपरीवेक्षण क्षमता अभिवृद्धि भएको, धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी कानुनी व्यवस्था सुदृढ भई कारोबार लागत कम भएको, धितोपत्र बजारमा वास्तविक क्षेत्रको सूचीकृत संस्थाको सङ्ख्या वृद्धि भएको, पुँजी बजारसम्बन्धी साक्षरता विस्तार भएको, लगानी तथा जोखिम न्यूनीकरणको लागि विभिन्न वित्तीय उपकरणहरूको व्यवस्थामा सामान्य मात्र परिवर्तन भएको समीक्षामा उल्लेख छ। 

योजनाको शुरुमा १२५९ विन्दुमा रहेको नेप्से परिसूचक समीक्षा अवधिमा ३००० भन्दा बढी पुगी आ.व. २०७८/७९ को अन्तमा २००९.५ विन्दुको वरिपरी रहेको र सार्वजनिक धितोपत्रमा लगानी गर्ने जनसङ्ख्या उल्लेख्य वृद्धि भएको समीक्षामा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved