मेगा क्यापिटलको नयाँ पीएमएस सेवा: 'स्वास्थ्य र पोर्टफोलियो दुवै सुरक्षित'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 02:56:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना ल्याएको छ  । क्यापिटलले ग्राहक वर्गलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परि आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्घ गरी 'मेगा इन्स्योर्ड पोर्टफोलियो'  सेवा सञ्चालनमा ल्याएको हो । 

क्यापिटलका अनुसार यो नयाँ सेवाले ग्राहकलाई  स्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै शेयर बजारमा हुने लागानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्दि«त रहने छ । सवल तथा सुरक्षित भविष्यका लागि गरिने लगानीमा आकस्मिक पर्न आउने स्वास्थ्य समस्याले तय गरिएको रणनीति तथा योजनामा धक्का पार्ने हुनाले यसता प्रकारको आइ पर्ने खर्चलाई बीमाद्वारा सुरक्षित गरेमा ढुक्कको साथ भविष्यका लागि लगानी रकम थप वृद्घि गरी अझै उज्जवल तथा समृद्घ भविष्य परिकल्पना गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको जनाएको छ । 

लगानीको आकर वमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमा अनर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको क्यापिटलले उल्लेख गरेको छ ।  क्यापिटलका अनुसार उक्त सेवा न्यूनतम ३ लाख नगदबाट वा आफुसंग भएको उक्त रकम बराबारको शेयर दिएर समेत प्रारम्भ गर्न सकिने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved