आँधीखोला लघुवित्तको १९ प्रतिशत बोनस सुचिकृत, ३१.५८ प्रतिशत लाभांश पारित गर्न माघ १३ मा एजिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 08:29:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार आँधीखोला लघुवित्तको बोनस शेयर सुचिकृत भएको छ ।आज कम्पनीको १९ प्रतिशतले हुन आउने १ लाख ९० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

यो कम्पनीले आर्थिक वर्ष ७७/७८ मा प्रदान गरेको बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै लगानीकर्ताको डिम्याट खातामा आएपछि यी शेयर कारोबार गर्न सकिने छ । 

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरि कुल ३१.५८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

 कम्पनीले माघ १३ गते शुक्रबार स्याङ्गजाको वालिङ स्थित होटेल गाउँवेशीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीको पुस ८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरि कुल ३१.५८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  बितरण हुने छ ।  कम्पनीको विद्यमान चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग क्लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

साधारण प्रस्ताव

१.सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/२०७९ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तसम्मको वासलात, तथा सोहि मितिमा समाप्त आ.व. ०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरु (अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने ।

३)कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०७९ / २०५० को बाह्य लेखापरिक्षण कार्य गर्नका लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (हाल बहालवाला लेखापरीक्षक श्री पि.जे. पि. एन. एण्ड कम्पनी चार्टड एकाउन्टेन्ट पुनः नियुक्तिको लागि ग्राह्य हुनुहुन्छ ।

४)आ.व. २०७८ / ०७९ सम्मको मुनाफाबाट सन्चालक समितिले प्रस्ताव गरे वमोजिम नेपाल राष्ट्र बैकबाट वितरण गर्न स्वीकृत भएको चुक्ता पूँजी ११,९०,००,०००/- (एघार करोड नब्बे लाख को १.५८ प्रतिशतले हुन आउने रकम रु. १८७८ ९४७७३७ (अक्षरेपी:- अठार लाख अठहत्तर हजार नौ सय सतचालीस रुपैया सैतीस पैसा मात्र) नगद लाभांश बोनस शेयरमा लाग्ने कर वापतको रकम) वितरण गर्न स्वीकृत गर्ने ।

विशेष प्रस्ताव 

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भएको चुक्ता पुँजी ११,९०,००,०००/- (एघार करोड नव्वे लाख मात्र) को ३० प्रतिशतले हुन आउने रकम रु. ३,५७,००,०००/- (अक्षरेपी तिन करोड सन्ताउन्न लाख मात्र) वरावर बोनस शेयरलाई शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरूले पाउने गरी वितरण गर्न स्वीकृत गर्ने । साथै बोनस शेयर जारी पश्चात् कायम हुन आउने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्नेगरी यथावत राख्ने प्रस्ताव पारित गर्ने ।

२) यस वित्तीय संस्थको प्रबन्धपत्रको दफा ६ को उपदफा (क) (ख) र (ग) संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

३) प्रबन्धपत्र तथा नियमावलीमा प्रस्तावित संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिमार्जन वा संशोधनको निर्देशन भएमा सोहि बमोजिम थपघट, परिमार्जन वा संशोधन गर्नका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने ।

४) वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पती तथा दायित्वहरुको मुल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता वा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने गाभिने तथा प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य गर्न प्रबन्ध पत्र तथा नियमावलिको आवश्यक संशोधन गर्न परेमासमेत गर्ने लगायतको प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved