धितोपत्र बोर्डद्वारा ३ वटा ब्रोकरलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2023 | 04:33:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ३ वटा ब्रोकर कम्पनीलाई कारवाही गरेको छ। तोकिएको समयमा विवरण पेश नगरेको भन्दै बोर्डले ३ वटा ब्रोकरलाई नगद जरिवाना गरेको हो ।

 धितोपत्र दलाल व्यवसायी  सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र बार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम बोर्डले रु दश हजार जरिवाना गरेको बोर्डले जनाएको छ ।

त्यसैगरी धितोपत्र दलाल व्यवसायीहरु त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड र इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रा. लि. ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम समयमा विवरण पेश नगर्ने उल्लेखित धितोपत्र दलाल व्यवसायीहरु प्रत्येकलाई बोर्डले रु पचहत्तर हजार रुपैयाँका दरले जरिवाना गरेको बोर्डले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved