नेप्सेमा मेगा बैंक सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 03:21:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज रुरु जलविद्युत परियोजना, मेगा बैंक, र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो ।

आज रुरुको १० प्रतिशतले हुन आउने ४ लाख ४८ हजार ४ सय ७६ दशमलव ०५ कित्ता बोनस शेयर, मेगा बैंकको ४ प्रतिशतले हुन आउने ६८ लाख ४८ हजार १ सय ८४ दशमलव ५८ कित्ता बोनस शेयर र गुराँस लाइफ इन्स्योरेन्सको ७.४४२५ प्रतिशतले हुन आउने १५ लाख ५१ हजार २ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । यद्यपि मर्जर पछि एकिकृत कारोबार सुरु ग्ररिसकेकोले मेगा बैंकको शेयर भने अब इन्भेष्टमेन्ट मेगा बैंकको रुपमा आएपछि मात्र कारोबार गर्न सकिने छ । त्यस्तै गुराँस लाइफको पनि मर्जर सकिएपछि मात्र शेयर कारोबार हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved