चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको खुद नाफा ७३.०९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा बैंकले ४४ करोड २६ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७९/८० को दोस्रो त्रैमासमा बैंकको नाफा बढेर ७६ करोड ६१ लाख पुगेको छ ।
यस अवधिमा बैंकको संचालन मुनाफा ७३.०९ प्रतिशतले बढेर १ अर्ब ९ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ६०.८८ प्रतिशतले बढेर १ अर्ब ३२ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ७३.२७ प्रतिशतले बढेर ६० करोड ६१ लाख रहेको छ ।
२१ अर्ब ६० करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भ भने ४१.३० प्रतिशतले घटेर १ अर्ब ६६ करोड कायम भएको छ । बैंकको कर्जा प्रवाह १४३.६३ प्रतिशतले बढेर १९ अर्ब ८२ करोड पुगेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ७ रुपैयाँ ९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ ।