मर्जरपछि सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 03:47:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ  । आज कम्पनीको ४ करोड ५४ लाख ५५ हजार ७ सय २१ कित्ता शेयर सुचिकृत भएको हो  ।

शेयर सुचिकृत भएसँगै बुधबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ  । कम्पनीको शेयर SJLIC सिम्बलबाट कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ३७१.५९ रुपैयाँको मूल्य तय गरेको छ  ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले मर्जर पश्चात सुर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट गत पौष ७ गते देखि संयुक्त कारोबार गरेका थिए। सूर्याको १ कित्ता शेयर बराबर ज्योतिको ०.८२४५ कित्ता हुने गरि दुई कम्पनी मर्ज भएका हुन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved