
सनराइज क्यापिटलले निष्काशन गरेको सनराइज फोकस्ड इक्विटी फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरुमा आवेदन दिने म्याद थप भएको छ । क्यापिटलले माघ १० गतेबाट इकाई निष्काशन गरेकोमा छिटोमा आज माघ १३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । पर्याप्त आवेदन नपरेपछि अब माघ २४ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गरेको हो । जस मध्ये १ करोड ८० लाख इकाई कोष प्रबर्दक सनराइज बैंकलाई छुट्याईएको छ । बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।
हाल सनराइज क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लुचिप फण्ड संचालन गरिरहेको छ ।