सिनर्जी पावरले हकप्रद निष्काशनको लागि नियमन आयोगबाट पायो पूर्वस्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 09:36:58 AM मा प्रकाशित

laxmi  sunrise bank

 सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति पाएको छ । कम्पनीले २०७९ कार्तिक १७ गते हकप्रद निष्काशनको लागि स्वीकृति माग गर्दै आयोगमा प्रस्ताव पेश गरेकोमा आयोगको माघ १२ गतेको बैठकले कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

आयोगले सो बारेको जानकारी माघ १५ गते कम्पनीलाई दिएको छ। कम्पनीले आर्थिक वर्ष ७७/७८ को साधारणसभाले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीले आर्थिक वर्ष ७७/७८ को १० प्रतिशत बोनस वितरणपछि कायम भएको चुक्ता पूँजी ८०,६५,७५,००० को ५० प्रतिशत ४०,३२,८७,५०० कित्ता शेयर निस्काशन गर्न लागेको हो।  कम्पनीले यस अघि नै हकप्रद शेयर निस्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ। अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीलाई हकप्रद बिक्रिको बाटो खुल्ने छ । 

हकप्रद निस्काशनबाट प्राप्त हुने रकम कम्पनीको ५० प्रतिशत स्वामित्व रहेकोएपेक्स मकालु हाईड्रोपावरमा लगानी गर्ने जनाईएको छ। एपेक्स मकालु हाईड्रोपावरले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा २२ मेगावाटको 'मध्य होङ्गु खोला जलबिद्युत आयोजना' निर्माण गरिरहेको छ। निर्माणाधिन अवस्थामा रहेको उक्त आयोजना ३ बर्षमा सम्पन्न गरि विद्युत उत्पादन शुरु गर्ने कम्पनीको तयारी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved