शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 09:56:17 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज  माघ १६ गते अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

शिखर इन्स्योरेन्सले एकसाथ दुई वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ २५ गते आफ्नै केन्द्रीय कार्यालयमा आर्थिक वर्ष ७७/७८ र ७८/७९ को साधारणसभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफा १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

त्यस्तै नेरुडे लघुवित्तले माघ २८ गते उद्योग संगठन मोरङको सभाहलमा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र १.१५७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

यस्ता छन् शिखर इन्स्योरेन्सको साधारणसभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव :

१. आ.व.२०७७।७८ तथा आ.व. २०७८/७९ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गर्ने बारे ।

२. आ.व. २०७७/७८ र आ.व. २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी सो लाई पारित गर्ने बारे ।

३. आ.व.२०७९।८० का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने बारे । आ.व. २०७८ ७९ को लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने बारे ।

४. संचालक समितिबाट प्रस्ताव गरिएको २०७९ आषाढ मसान्त सम्म कायम शेयर पुँजीमा ०.८४२१ प्रतिशतका दरले नगद लाभांश रु.१९, २५१,०९० ( रु. एक करोड बयानब्बे लाख एकाउन्न हजार नब्बे मात्र) पारित गर्ने बारे (प्रस्तावित वोनस शेयरको कर प्रायोजनार्थ)

५. कम्पनीको स्वतन्त्र संचालकको नियुक्ति बारेमा बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी गर्ने बारे ।

६. कम्पनीको संचालक समितिका सदस्यहरु तथा अन्य समिति / उपसमितिका सदस्यहरुले प्राप्त गर्ने भत्ता तथा सुविधा परिमार्जन गर्ने बारे ।

७. विविध

विशेष प्रस्ताव: 

१. सञ्चालक समितिबाट प्रस्ताव गरिएको २०७९ आषाढ मसान्त सम्म कायम शेयर पुँजीमा १६ प्रतिशतका दरले रु.३६५,७७२,९९२ (छत्तीस करोड सन्ताउन्न लाख बहत्तर हजार नौ सय बयानब्बे मात्र) को बोनस शेयर पारित गर्ने बारे । (बोनस शेयर बितरण गर्दा खण्डित शेयरको हकमा माथिल्लो नजिकको अंकमा परिणत गर्ने र सो गर्दा शेयर स्वामित्व (पुँजी प्रतिशत) कायम राख्ने गरी जारी पुँजी तथा चुक्ता पुँजी संसोधन गर्ने । यसरी शेयर संख्या थपघट गर्ने अधिकार संचालक समितिलाई दिने बारे ।)

२. कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने बारे ।

३. कम्पनीको नियमावलीको नियम १२ (ख), संचालकहरुको नियुक्ति सम्बन्धि नियमलाई संशोधन गर्ने बारे । (संस्थापक शेयरधनीहरुबाट नियुक्त हुने ४ जना, सर्वसाधारण शेयरधनीहरुबाट नियुक्त हुने २ जना र स्वतन्त्र संचालक १ जना गरी जम्मा ७ जना संचालक नियुक्त हुने सम्बन्धि नियमलाई संसोधन गरी संस्थापक शेयरधनीहरुबाट नियुक्त हुने ३ जना, सर्वसाधारण शेयरधनीहरुबाट नियुक्त हुने ३ जना र स्वतन्त्र संचालक १ जना गरी जम्मा ७ जना संचालक नियुक्त हुने गरी नियम १२ (ख) संसोधन गर्ने ) ।

४. नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमक गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका बमोजिम यस कम्पनी र अन्य कुनै बीमा कम्पनी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारी पत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पुर्ण चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने लागायत मर्ज (गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने) हुन आवश्यक सम्पुर्ण प्रक्रिया अवलम्बन गर्न संचालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने बारे ।

५. प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने बारे । संसोधित प्रवन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने बारे ।


यस्ता छन् नेरुडे लघुवित्तको साधारणसभामा पेश हुने प्रस्ताव:

 साधारण प्रस्तावहरु

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल गरि पारीत गर्ने ।

(२) आ.व. २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०७८/७९ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण एवम् २०७९ आषाढ मसान्तको वासलात समेतको वित्तीय विवरणहरूउपर छलफल गरि पारीत गर्ने ।

(३) आ.ब. २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । ( वर्तमान लेखापरीक्षक श्री मुरलीधर तिवारी ( M Tiwari & Associates, Chartered Accountants) बाट लगातर तीन आर्थिक बर्षको लेखापरिक्षण भएकोले निज पुनः नियुक्तीको लागि ग्राह्य नरहनु भएको) ।

(४) संचालक समितिबाट सिफारिस भए बमोजिम चुक्ता पुँजी रु. ६० करोडको १.१५७९ प्रतिशतले हुने प्रस्तावित वोनश शेयरको कर प्रयोजनको लागि मात्र रु. ६,९४७,३६८।४२ ( उनान्सत्तरी लाख सड्चालिस हजार तीन सय अड्सट्ठी पैसा बयालिस मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव माथी छलफल गरि पारित गर्ने ।

(५) सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालकको निर्वाचन गर्ने |


विशेष प्रस्तावहरु :

(१) वित्तीय संस्थाको जारी पुँजी र चुक्ता पुँजी बृद्धि गर्ने ।

(२) वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको केहि दफाहरु संशोधन गर्ने ।

(३) संचालक समितिबाट सिफारिस भए बमोजिम २०७९ आषाढ मसान्तमा कायम चुक्ता पूँजी रु.६००,०००,०००/- (अक्षरेपी साठी करोड मात्र ) को २२ प्रतिशतले हुने रकम रु.१३२,०००,०००/- (तेह्र करोड बिस लाख मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव माथी छलफल गरि पारीत गर्ने ।

(४) यस वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ती (Acquisition) गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

(५) यस वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा निर्देशन भए बमोजिम थपघट, परिमार्जन, संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved