कालिन्चोक दर्शन लिमिटेडको आइपिओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2023 | 12:29:58 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिन्चोक दर्शन लिमिटेडले निष्काशन गरेको आईपिओ आगामी बिहिबार बाँडफाँड हुने भएको छ । बिर्की प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले माघ १९ गते बिहिबार बिहान ९:३० बजे आइपिओ बाँडफाँड गर्न लागेको हो ।

कालिन्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ८ लाख ९६ हजार ४ सय कित्ता सर्बसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई १ लाख ८ हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ। 

 कालिन्चोक दर्शन लिमिटेडले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved