अपि पावर कम्पनीको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 09:52:19 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ ।कम्पनीले फागुन १४ गते थापागाउँ स्थित बानेश्वर ब्यान्क्वेटमा सभा आह्वान गरेको हो।

सभामा लाभांश , लाभांश पश्चात हकप्रद निष्काशन लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

२) लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०७८ / ०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०७९ / ०८० का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४) १९औं वार्षिक साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेज बन्द भएको मितिसम्म कायम शेयरधनीहरुलाई आ. व. २०७८ / ०७९ को मुनाफाबाट ०.३९४७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने ।

विशेष प्रस्ताव:

१) कम्पनीको आर्थिक बर्ष २०७८ / ०७९ को खुद मुनाफाबाट चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले वोनश शेयर पारित गर्ने सम्बन्धमा ।

२) आर्थिक वर्ष २०७८/०७९ को ७.५ प्रतिशत वोनश शेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ४१३.१५ करोडको १ शेयर बराबर ०.४० का दरले हुने रु. १६५.३४ करोड बराबरको हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गर्ने । प्रस्तावित हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम कम्पनीले संचालन गरी विद्युत उत्पादन गरिरहेको जलविद्युत र सौर्य विद्युत आयोजनाहरुको ऋणमोचनका लागि उपयोग गरिनेछ ।

३) कम्पनीको वोनश शेयर तथा हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीको पूँजी संरचनामा बृद्धि हुने भएकोहुँदा सो प्रयोजनाका लागि प्रवन्धपत्रको दफा ६ संशोधन गर्ने सम्बन्धमा ।

४) हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved