मेन्छियाम हाइड्रोपावरले पायो आइपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2023 | 02:33:12 PM मा प्रकाशित

laxmi  sunrise bank
मेन्छियाम हाइड्रोपावरले आइपिओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आइपिओ निष्काशनको लागि अनुमति दिएको हो । 

कम्पनीले आयोजना प्रभवित स्थानीय र सर्बसाधारणलाई गरि कुल १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved