साना कम्पनीको सेयर कारोबार गर्न २ महिनाभित्र ‘एसएमई प्लेटफर्म’ आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2023 | 04:22:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साना तथा मझौला कम्पनीको छुट्टै कारोबार हुने गरी अबको ६ देखि ८ हप्तामा ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा आउने भएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले राजधानीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले आवश्यक नियामवली ९५ प्रतिशत भएको जानकारी गराउँदै दुई महिना भित्रैमा सञ्चालनमा आउने बताए। 

अब छिट्टै बोर्डबाट नै पारित गरेर स्वीकृतिको लागि  मन्त्रिपरिषदमा पठाउने बताए। एसएमई प्लेटफर्म आएपछि बजारमा सुनौलो युग सुरु हुने उनको दाबी छ।

यसअघि एसएमई प्लेटफर्म ल्याउन खोज्दा विभिन्नसमस्या भएकोले अब भने नियमावली बनाउन लागिएको बताए। अध्यक्ष हमालका अनुसार नियामवलीको मस्यौदा तयार पार्न  संचालक समितिकै सदस्यको नेतृत्वमा काम भईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved