मोलुङ्ग हाइड्रोले स्थानीयलाई निष्काशन गरेको आइपिओ बाँडफाँड, कसले कति पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2023 | 09:28:54 AM मा प्रकाशित

laxmi  sunrise bank

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ओखलढुंगाका आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ । कम्पनीले मंगलबार शेयर बाँडफाँड गरेको हो ।

 कम्पनीले पुस १९ गतेदेखि माघ १५ गतेसम्म ओखलढुंगाक स्थानीयवासीलाई ८ लाख २ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीका अनुसार यस निष्काशनमा ५,६५३ जना आवेदकहरुबाट जम्मा ९,७३,२५० कित्ताको लागि आवेदन प्राप्त भएको थियो । 

क्यापिटलका अनुसार उल्लेखित शेयरहरु निम्न अनुसार बाँडफाँड गरिएको छ : 

 मोलुङ्ग गाँउपालिकाको वडा नं. १ देखि ८ सम्मका बासिन्दाहरुको लागि बाँडफाँड गर्दा कूल १,९२७ जना आवेदकहरुबाट ४,२२,४५० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ८०० कित्ता माग गर्ने १,८०७ जना आवेदकहरुलाई माग बमोजिम र ९०० कित्ता देखि १,००० कित्ता माग गर्ने १२० जना आवेदकहरुलाई ८२० कित्ताका दरले शेयर शेयर बाँडफाँड भएको छ।

त्यस्तै सुनकोशी गाउँपालिका वडा नं.१ देखि १० सम्मका बासिन्दाहरुको लागि बाँडफाँड गर्दा कूल १,५८१ जना आवेदकहरु मार्फत २,५२,८९० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ३३० कित्ता माग गर्ने १,४०७ जना आवेदकहरुलाई माग बमोजिम, ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ आवेदकहरुलाई ३३० कित्ता शेयर बाँडफाँड गरिएको । 

साथै बाँकी रहेको ८८५ कित्ता शेयर ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना आवेदकहरुलाई गोलाप्रथाबाट थप १०-१० कित्ताका दरले ८८ जना सफल आवेदकहरुलाई ८८० कित्तासाथै बाँकी बचेको ५ कित्ता शेयर पुन ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना गोलाप्रथाबाट थप १ ÷१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँड गरिएको छ। 

 सिद्दिचरण नगरपालिका वडा नं. १ देखि १२ सम्मका बासिन्दाहरुबाटको लागि  बाँडफाँड गर्दा कूल २,११२ जना आवेदकहरु मार्फत २,९५,३७० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि १७० कित्ता माग गर्ने १,६५२ जना आवेदकहरुलाई माग बमोजिम, १८० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई १८० कित्ता शेयर बाँडफाँड गरिएको छ।

बाँकी रहेको ३,९२५ कित्ता शेयर १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबार्ट १०÷१० कित्ताका दरले ३९२ जना सफल आवेदकहरुलाई ३,९२० कित्ता बिाँडफाँड गरियो । साथै बाँकी बचेको ५ कित्ता शेयर पुन १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबाट१ ÷१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँड गरिएको छ। 

स्थानीयलाई निष्काशन गरिएको शेयर बाँडफाँड गरिएसँगै कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५ सय ७० कित्ता शेयर र सर्वसाधारणलाई २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ८ हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि  सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

 कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved