सुपरमाई हाइड्रोको आइपिओ आज बाँडफाँड हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2023 | 08:44:04 AM मा प्रकाशित

laxmi sunrise bank

सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ आज शुक्रबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज शुक्रबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । 

कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले कम्पनीका कर्मचारीलाई १० हजार कित्ता र आम सर्वसाधारणलाई ४ लाख १५ हजार कित्ता शेयर निष्काशन गरेको हो । 

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक र सामुहिक लगानी कोष योजनाहरुलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  कम्पनीले  इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ५ लाख कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ५० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । त्यस्तै २५ हजार कित्ता शेयर सामुहिक लगानी कोष योजनालाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved