प्रकाशन भएपछि यी ३ तरीकाबाट हेर्न सकिन्छ सुपरमाई हाइड्रोको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2023 | 10:06:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज शुक्रबार बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । 

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटबाट नतिजा हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीको आईपिओमा कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि रहेका आवेदक हात खाली भएका छन् ।  

कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीका कर्मचारीलाई १० हजार कित्ता र आम सर्वसाधारणलाई ४ लाख १५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved