कहिले आउँछ सालपा विकास बैंकको आईपिओ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2023 | 10:58:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सालपा विकास बैंकले आगामी असार भित्रमा सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने तयारी गरेको छ  । बैंकका प्रमुख कार्यकारी अधिकृत ईश्वर मन राईले बैंकको चुक्ता पुँजी ३५ करोड पुगिसकेकोले अब १५ करोड बराबरको आईपिओ निष्काशन गर्ने बताएका हुन्  ।

बैंकको चुक्ता पुँजी ३५ करोड भएसँगै बैंकले १५ करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको हो । सर्बसाधारणलाई १५ करोडको आईपिओ बिक्रि गरेपछि बैंकको चुक्ता पुँजी ५० करोड पुग्ने छ । राष्ट्र बैंकको नियम अनुसार एक जिल्ले कार्यकक्षेत्र भएका विकास बैंकले ५० करोड चुक्ता पुँजी पुर्याउनु पर्नेहुन्छ ।सीइओ राईले आईपिओ निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको बताए ।  

राष्ट्र बैंकले बैंकलाई छिटो तोकिएको चुक्ता पुँजी पुर्याउनलागि दबाब दिइरहेको छ । हाल बैंकको कार्यक्षेत्र खोटांङ जिल्ला मात्र हो  बैंकले खोटाङमा ६ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ । आईपिओ निष्काशनपछि अन्य जिल्लामा पनि सेवा विस्तार गर्ने बैंकको तयारी छ 

 नेपाल राष्ट्र बैंकले सालपलाई २०६९ सालमा लाइसेन्स दिएको हो । बैंकका अधिकांश संस्थापक शेयरधनीहरु खोटांङवासी नै छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved