
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले 'सेयर साथी' नामक पूँजीबजार सम्बन्धी सचेतना तथा सन्देश मूलक भिडियो सार्वजनिक गर्ने भएको छ। एसोसिएसनले चैत्र १० गतेदेखि भिडियो सामग्रीहरु सार्वजनिक गर्ने जनाएको छ।
एसोसिएसनका अनुसार समग्र लगानीकर्ताहरुको सचेतना अभिवृद्धि गर्दै लैजाने हेतुले पूँजीबजार सम्बन्धी सचेतना तथा सन्देश मूलक "सेयर साथी" नामक भिडियो सामाग्री ग्लोबल मनि विक २०२३ को सन्दर्भ पारेर चैत्र १० गते देखी उक्त भिडियो सामाग्रीहरु श्रृंखलावद्ध रुपमा सार्वजनिक गरिने छ ।
पूँजी बजारको दिगो विकासको लागी समग्र लगानीकर्ताहरुमा पूँजीबजार सम्बन्धी जानकारी हुनु तथा लगानीकर्ताहरुमा सचेतना अभिवृद्धि गर्दै लैजानु प्रमुख आधार भएकोले सचेतना तथा संदेश मूलक भिडियो सार्वजनिक गर्न लागिएको एसोसिएसनले जनाएको छ।