मकर जितुमाया सुरी हाईड्रोको आईपिओ बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 02:07:15 PM मा प्रकाशित

laxmi  sunrise bank

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशीन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले चैत्र ९ गतेदेखि शेयर निष्काशन गरेको छ ।

कम्पनीले  दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ७,६०,००० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १,५२,००० कित्ता शेयर आज  बाँडफाँड भएको हो । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९,९९० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,५१४ आवेदकहरुलार्ई जम्मा ६,७८,६०० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि २,०१० कित्ता सम्म आबेदन दिने १५,०४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि २,०१० कित्ता सम्म आवेदन दिने १२,११७ जना मध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १,५२,००० कित्ता शेयर बाँडफाँड गरिएको छ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट  https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट  https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको क्यापिटलले जनाएको छ छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved