मोदी इनर्जी लिमिटेडको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2023 | 08:38:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आयोजना प्रभावित स्थानीयले मोदी इनर्जी लिमिटेडको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २५ गतेदेखि आईपिओ निष्काशन गरेको हो 

कम्पनीले फागुन २५ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ बिक्रि खुला गरेको थियो । नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओमा चैत्र ९ गते नै बिक्री बन्द भईसकेको छ। 

 कम्पनीले पर्वत जिल्लाका स्थानीयको लागि २९ लाख कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ३  मोदी गाउपलिका वडा नम्बर २, ५ र ६ , तथा कुश्मा नगरपालिका वडा नम्बर ८ का स्थानीयले मात्र आवेदन दिन सक्ने छन्  ।  स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।  

स्थानीय र श्रमिकलाई निष्काशन गरेको शेयर बाँडफाँड भएपछि कम्पनीले २ लाख १७ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई, ८७ हजार कितात कम्पनीका कर्मचारीलाई र बाँकि ३६ लाख १० हजार ५ सय कित्ता आम सर्वसाधारणलाई निष्काशन गर्ने छ । 

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved