अरुण भ्याली हाइड्रोले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 04:53:33 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको आज बुधबार बसेको संचालक समितिको बैठकले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी रू.१,८६,७९,६२,६००।- बराबरको १:१ (एक शेयर बराबर नयाँ एक शेयर) को अनुपातमा हकप्रद शेयर निश्काशन गर्नको लागि विद्युत नियमन आयोगमा पुर्व स्वीकृतिको लागि आवेदन गर्ने निर्णय गरेको हो।

उक्त हकप्रद शेयर निष्काशनबाट प्राप्त रकम मध्येबाट रु.९३,३९,८१,३००।- पिके हाइड्रोपावर प्रा.लि.ले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.) को निर्माणको लागि आवश्यक पर्ने स्वपुँजि को लागि पिके हाइड्रोपावर प्रा. लि. को संस्थापक शेयरमा लगानी गर्ने र बाँकी रकम रू.९३,३९,८१,३००।-  कम्पनीले निर्माण सम्पन्न गरि सञ्चालनमा रहेको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नको लागि उपयोग गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

 विद्युत नियमन आयोगबाट पूर्व स्वकृति प्राप्त भए पश्चात कम्पनीको विशेष साधारण सभामा उपरोक्त हकप्रद शेयर निस्कासनको स्विकृतीको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved