राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा, लगत्तै शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 12:28:36 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १३ गते बेलुका ६ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्तापुंजी २६ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

कम्पनीले वैशाख १३ गते लाभांशबारे निर्णय गरेर नेप्सेमा आज वैशाख १९ गतेको कारोबार समयमा मात्र जानकारी गराएपछि नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको छ । लाभांश सम्बन्धि निर्णय सोहि दिन वा अर्को दिन कारोबार सुरु हुनु भन्दा अगाडी नेप्सेमा जानकारी गराउनु पर्ने व्यवस्था छ ।  तर कम्पनीले सो नियम उल्लघन गरेपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved