नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2023 | 05:26:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले जेठ २२ गते सोमबार कम्पनीको लाजिम्पाट स्थित कन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ६.५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ  ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । जेठ १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :


साधारण प्रस्ताव :

१. सचालक समितिको तर्फवाट अध्यक्षज्यूबाट पेश हुने आ.व. २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आर्थिक वर्ष २०७८ / ०७९ को वासलात, आय-व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु.४,६४,०४,३१,८७५/- मा ६.५ (छ दशमलब पाँच) प्रतिशतका दरले रु.३०,१६,२८,०७२/- नगद लाभांश पारित गर्ने ।

५. संचालक समितिले प्रस्ताव गरे वमोजिम वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.१,९५,३८,६६१/- नगद लाभांश स्विकृत गर्ने ।

 विशेष प्रस्ताव :

१. संचालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु.४,६४,०४,३१,८७५/- मा ८ (आठ) प्रतिशतको दरले वोनस शेयरको रुपमा लाभांश रु.३७,१२,३४,५५०/- प्रदान गर्ने प्रस्ताव पारित गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२. कम्पनी ऐन २०६३ को दफा १०५ (१)ग वमोजिम आ.व. २०७८ / ०७९ मा भएको खर्च अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved