एकैसाथ ६ वर्षको साधारणसभा गर्दै राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 10:39:16 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ३१ गते बुधबार साधारणसभा आह्वान गरेको हो ।

 राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) को ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रथम बार्षिक साधारण सभा गर्न लागेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १६ देखि जेठ ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने राष्ट्रिय बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) आर्थिक बर्ष २०६८/६९, आर्थिक बर्ष २०६९/७० र आर्थिक बर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७०/७१, आर्थिक बर्ष २०७१/७२ र आर्थिक बर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग आर्थिक बर्ष २०६८/६९, आर्थिक बर्ष २०६९/७० र आर्थिक बर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७०/७१, आर्थिक बर्ष २०७१/७२ र आर्थिक बर्ष २०७२/७३ सम्म गरी ३ वर्षको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा / नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने ।

(३) महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८।६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गर्ने ।

(४) सञ्चालकहरुको आर्थिक बर्ष २०७२/७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोलाई निरन्तरता गर्ने ।

(५) सर्वसाधारण शेयरधनीहरुमध्येबाट एक जना सञ्चालक चयनको लागि निर्वाचन गर्ने ।

(६) विविध । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved