हिमाल दोलखा हाईडोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2023 | 08:38:28 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाईडोपावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज वैशाख २६ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज वैशाख २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन पाउने छन् ।

 कम्पनीले  हालको  पुँजी १ अर्ब ६० करोडको प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयर बराबर ०.७५ कित्ता अर्थात् ७५ प्रतिशत अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शनको गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ।  कम्पनीले हकप्रद निष्काशन गर्ने मिति भने तय गरिसकेको छैन ।

कम्पनीले हकप्रद निष्काशनको लागि अनुमति माग गर्दै गत पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले वैशाख १२ गते कम्पनीलाई अनुमति प्रदान गरेको हो । 

 कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ र १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved