नेप्सेले आधिकारिक रुपमा नै बेच्न थाल्यो तथ्याङ्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 06:03:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आधिकारिक रुपमा नै तथ्याङ्क बिक्री गर्न थालेको छ । 

नेप्सेका प्रवक्ता मुरारी पराजुलीले नयाँ बानेश्वरस्थित अनलाइनमार्ग मिडिया प्रा.ली.लाई तथ्याङ्क बिक्रीका लागि पहिलो पटक सम्झौता गरेको बिजपाटीलाई जानकारी दिए ।  

बिजपाटीसँगको कुराकानीमा प्रवक्ता पराजुलीले मिडियासँग सम्बन्धित उक्त कम्पनीले रियल टाइम डेटा प्याकेज खरिद गरेको बताए । जसका लागि कम्पनीले मासिक ४० हजार रुपैयाँ भुक्तानी दिने उनले जानकारी दिए । 

नेप्सेले तथ्याङ्क खरिदका लागि ३५ दिने सूचना जारी गरेको थियो । प्रवक्ता पराजुली भने, ‘तथ्याङ्क खरिदका लागि आठ कम्पनीको आवेदन परेको थियो, जसमध्ये अनलाइन मार्ग मिडिया प्रालीसँग पहिलो सम्झौता भएको हो ।’ उनले अन्य कम्पनीसँग पनि क्रमिक रुपमा सम्झौता हुने जानकारी दिए ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्याङ्क प्रयोगसम्बन्धी कार्यविधि २०७७ अनुसार सञ्चारमाध्यमले समाचार निमार्ण तथा प्रदर्शन प्रयोजनका लागि तथ्याङ्कको प्रयोग गर्न पाउने छन् । जसका लागि नेप्सेले एप्लिकेशन प्रोग्राम इन्टरफेस (एपिआई) नै उपलब्ध गराउनेछ।

कार्यविधि अनुसार सञ्चारमाध्यमको हकमा न्यूनतम चुक्तापूँजी ५० लाख रुपैयाँ हुनुपर्नेछ । साथै विगत ३ वर्षदेखि नाफामा रहेको र कम्तीमा दश जना कर्मचारी रहेको हुनुपर्नेछ । 

त्यस्तै बैंक वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनी तथा वित्तीय विश्लेषक कम्पनीको न्यूनतम चुक्तापूँजी ५ करोड हुनुपर्ने, विगत ३ वर्षदेखि नाफामा रहेको र कम्तीमा १५ जना कर्मचारी रहेको हुनुपर्ने छ । 

त्यस्तै त्यस्तै तथ्याङ्क वितरक कम्पनीको हकमा १ करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved