नयाँ स्टक र कमोडिटी एक्सचेन्जको माग गर्दै लगानीकर्ताले देउवालाई भेटे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2023 | 01:38:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्ताहरु नयाँ स्टक एक्सचेञ्जको माग गर्दै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न पुगेका छन् । लगानीकर्ताका संघहरुले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज चाहिने सहितका ६ बुँदे माग देउवालाई थमाएका छन् । 

नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया अघि बढाउने वातावरण मिलाइदिन देउवा समक्ष लगानीकर्ता नेताहरुले आग्रह गरेका छन् ।

उनीहरुले सेयर धितो कर्जामा १२ करोडसम्मको सीमाले निरुत्साहित पारेको भन्दै यो व्यवस्था हटाउन पहल गरिदिन पनि माग गरेका छन् । सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारलाई यसअघिकै जस्तो १ सय प्रतिशत मात्रै कायम गरिदिन पनि माग गरेका छन् । 

अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउनुपर्ने, अहिलेको कर्जाको व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्नुपर्ने लगायतका माग देउवालाई थमाएर लगानीकर्ता संघका नेताहरु फर्किएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved