शिवम होल्डिङग्सको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 08:33:41 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टको सहायक कम्पनीको रुपमा रहेको शिवम होल्डिङग्सले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ३२ गते अनामनगर स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो 

कम्पनीले प्रबन्धपत्रमा भएका केहि संशोधन गर्न विशेष साधारणसभा आह्वान गरेको हो। कम्पनीको सभामा प्रबन्धपत्रको दफा ६ को खण्ड ख, ग, घ, र ङ मा संशोधन गर्ने प्रस्ताव पेश हुने छ  

शिवम सिमेन्टको वार्षिक प्रतिवेदन आ.ब. २०७८/०७९ मा उल्लेख भए अनुसार 'शिवम होल्डिङग्स प्रा.लि.लाई गत आ. व. २०७८।०७९ मा पव्लिक कम्पनीको रुपमा परिणत गरिएको छ। आगामी दिनमा उक्त शिवम होल्डिङग्स लिमिटेडले प्रचलित धितोपत्र सम्बन्धि ऐन, नियमको प्रावधान अनुसार स्वीकृति लिई सर्व साधारणमा शेयर जारी गर्ने योजना समेत रहेको छ । हाल उक्त कम्पनी सहायक कम्पनीको चालु आ.व. को प्रथम त्रैमाससम्म अधिकृत पूँजी रु. ५ अर्व ८० करोड तथा जारी पूँजी रु. ५ अर्व ८० करोड रहेकोमा चुक्ता पूँजी रु. ४ अर्व ३६ करोड मात्र रहेकोमा रु. ४ अर्व २१ करोड २० लाख मात्र होडशी शिवम सिमेन्ट प्रा. लि. मा शेयर लगानी गरिएको छ। यस कम्पनीमा शिवम् सिमेन्टको ८५.०२६ प्रतिशत लगानी रहेको छ भने बाँकी १४.९७४ प्रतिशत अर्थात रु.६५,२८,६४,२००। अन्य व्यक्तिगत लगानीकर्ताहरुको शेयर लगानी रहेकोछ । उक्त रकम लगानी भएको होङशी शिवम् सिमेन्ट प्रा. लि. ले गत आ.व. २०७७।०७८ को मुनाफाबाट शिवम् होल्डिङग्सलाई प्राप्त भएको वोनस शेयर शिवम् होल्डिङग्स मार्फत प्राप्त भै शिवम् सिमेन्ट्सले २०७८।०७९ मा आम्दानी बाढिएको छ ।'



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved