मर्जर प्रस्ताव पारित गर्न नेशनल माइक्रोफाइनान्सको विशेष साधारणसभा आह्वान, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 09:16:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्सले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले मर्जर प्रस्ताव पारित गर्नको लागि असार ३ गते धादिङ स्थित धादिङ क्रिक रिसोर्टमा सभा आह्वान गरेको हो ।

सभामा नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्ज हुने समबन्धि विभिन्न प्रस्ताव पेश हुने छ । सभामा मर्जर समबन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, डिडिए प्रतिवेदन तथा स्वाप रेसियो विवरण पारित गर्ने, हालसम्म मर्जरको लागि भए गरेकाकार्यहरुको अनुमोदन गर्ने, मर्जरको लागि बाँकि काम गर्ने अख्तियारी संचालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

 नेशनल माइक्रोफाइनान्सको १ कित्ता शेयर बराबर समीट लघुवित्तको ०.७३ कित्ता शेयर हुने गरि मर्जरको लागि स्वाप रेसियो तय भएको छ ।
 मर्जरपछि बन्ने कम्पनीको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ भने केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहने छ ।
 मर्जरपछि कम्पनीको अधिकृत पुंजी डेढ अर्ब र जारी तथा चुक्ता पुंजी १ अर्ब ८ करोड ४२ लाख पुग्ने छ ।

नेशनल माइक्रोफाइनान्सले विशेष साधारणसभा प्रयोजनको लागि जेठ २५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २४ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved