अरुण भ्याली हाइड्रोले बोलायो विशेष साधारणसभा, यस्ता छन् ४ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 07:47:59 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार ७ गते बिहिबार नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सभा आह्वान गरेको हो 

कम्पनीको सभामा हकप्रद निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा  संशोधन गर्ने, लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. लिखु खोला जलविद्युत आयोजनामा लगानी गर्न र काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि १:१ अनुपातमा हकप्रद शेयर (Right Share) निष्काशन गर्ने सम्बन्धमा ।

२. हकप्रद शेयर वितरण पश्चात् कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरु संशोधन गर्ने सम्बन्धमा ।

३. हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्टारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

४. कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गरि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्विकृत लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नु परेमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved