आइएमई लाइफले प्रिमियम मूल्यमा आइपिओ जारी गर्न पायो अनुमति , कर्मचारीलाई १०० रुपैयाँ मै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2023 | 08:32:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले  शेयरको अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले कुल १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।  कम्पनीका कर्मचारीलाई ६ लाख कित्ता शेयर छुट्याईएको छ । कम्पनीका कर्मचारीले भने १०० रुपैयाँमै शेयर पाउने छन्। 

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीलाई आईपिओ निष्काशन गर्ने बाटो खुलेको छ । कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved