नेपाल रिपब्लिका मिडियाको पहिलो चरणको आईपिओ बाँडफाँड, पाए ३० कित्तासम्म शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2023 | 09:49:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रिपब्लिका मिडिया लिमिटेडले पहिलो चरणको आईपिओ अर्थात विदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो 

कम्पनीले विदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ४ लाख ३५ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आईपिओमा कुल २० हजार ७ सय ९१ जनाको आवेदन परेकोमा २० हजार ७ सय ८५ जनाको आवेदन मात्र योग्य भएको छ । 

योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको छ । जस अनुसार १० कित्ता वा बढीको लागि आवेदन दिने २० हजार ७ सय ८५ जनाले १० कित्ता कै दरले शेयर पाएका छन् । त्यस्तै २० कित्ता वा बढीको लागि आवेदन दिने १६ हजार ५ सय ९५ जनाले थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै ३० कित्ता वा सो भन्दा बढीको  लागि आवेदन दिने १२ हजार १ सय ११ जना मध्ये ६ हजार १ सय ५० जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ३० कित्तासम्म शेयर पाएका छन् 

आईपिओको नतिजा बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

कम्पनीले जेठ २६ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved