आइएमई लाइफ इन्स्योरेन्सको आईपिओ निष्काशन मिति तय, कसलाई कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2023 | 08:21:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन मिति तय गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असार १ गतेदेखि असार १५ गतेसम्म र आम सर्वसाधारणलाई असार २० गतेदेखि असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। त्यस्तै कम्पनीका कर्मचारीलाई ६ लाख कित्ता , सामुहिक लगानी कोषहरुलाई ६ लाख कित्ता र बाँकी ९६ लाख कित्ता आम सर्वसाधारणलाई निष्काशन हुने छ । आवेदन दिंदा न्युतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ ।

कम्पनीले आफ्ना कर्मचारी बाहेक अन्यलाई  शेयरको अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गर्ने छ ।  कम्पनीका कर्मचारीले भने १०० रुपैयाँमै शेयर पाउने छन्। कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ८० करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ ।

नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved