२६ सय जनाले पाए थ्रीस्टार हाइड्रोको शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2023 | 08:53:56 AM मा प्रकाशित

laxmi  sunrise bank

थ्रीस्टार हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जेठ २८ गते यी शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार रितपुर्वक आवेदन दिने २६ सय ६ जनालाई शेयर बाँडफाँड गरिएको छ । कम्पनीले बैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म  ४  लाख ९२ हजार ५ सय कित्ता सेयर खोटाङ जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गरेको थियो । यस निष्काशनमा खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) र दिप्रुङ चुइचुम्मा गाउँपालिका १ देखि ७ सम्म (साविकको याम्खा, डाडागाँउ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का स्थानीयले आवेदन दिन सक्ने व्यवस्था थियो। 

स्थानीयलाई निष्काशन गरेको शेयर बाँडफाँड भएसंगै कम्पनीले अब सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved