रावा इनर्जीको आईपिओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2023 | 09:49:12 AM मा प्रकाशित

laxmi  sunrise bank

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले मंगलबार दिउँसो ४ बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले जेठ १८ देखि जेठ २२ गतेसम्म  सर्वसाधारणलाई  ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६ सय १६ कित्ता शेयर छुट्याईएको थियो  । बाँकि रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो।  

 कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ  । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved