रावा इनर्जीको आईपिओ बाँडफाँड: १ लाख जनाको आवेदन रद्द, ७ जनाले पाए ११ कित्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 04:18:57 PM मा प्रकाशित

laxmi  sunrise bank

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले मंगलबार दिउँसो शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल ११ ह्लाख ८५ हजार २ सय ६ वटा आवेदन परेकोमा ति मध्ये १० लाख ७७ हजार ७ सय ४० जनाको आवेदन मात्र योग्य भएको छ  । यस हिसाबमा १ लाख ७ हजार ४ सय ४६ जनाको आवेदन अयोग्य भएको छ ।

आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको छ  । जस अनुसार ६४ हजार ३ सय ६६ जनाले शेयर पाएका छन्  । यी मध्ये ७ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन्  ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट आईपिओ नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

कम्पनीले जेठ १८ देखि जेठ २२ गतेसम्म  सर्वसाधारणलाई  ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६ सय १६ कित्ता शेयर छुट्याईएको थियो  । बाँकि रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो।  

 कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved