आईपिओ निष्काशन अनुमति माग गर्दै कान्तिपुर टेलिभिजनले बोर्डमा दियो आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 05:10:51 PM मा प्रकाशित

laxmi  sunrise bank

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणलाई आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आज जेठ ३० गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ७ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनी कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो ।

शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । बोर्डले अनुमति दिएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved