सानिमा हाइड्रोपावर माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 06:30:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले जेठ २६ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका २४ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनी कुल २४ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो ।

शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । बोर्डले अनुमति दिएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ । 

यो सानिमा समुह अन्तर्गतको कम्पनी हो । यस कम्पनीले सिन्धुपाल्चोकमा २.६ मेगावाटको सुनकोशी साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved