चामल बेच्ने अगम फूड इण्डष्ट्रिको आईपिओ आउने, एनआईसी एसिया क्यापिटलसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 01:11:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अगम फूड इण्डष्ट्रिले निकट भविष्यमा आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई संस्थागत परामर्श सेवा प्रदान गरि आईपिओ निष्काशन गरिदिने सम्मको आवश्यक सेवा प्रदान गर्न एनआईसी एसिया क्यापिटलले सम्झौता गरेको छ। 

क्यापिटलले 'आईडीया टु आईपिओ' अन्तर्गत कम्पनीसंग सम्झौता गरेको हो ।  यस सेवा अन्तर्गत क्यापिटलले कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । 

सोही सेवा अन्तर्गत अगम फूड इण्डष्ट्रि प्रा.लि.लाई संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित अगम फूड इण्डष्ट्रि प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई आगामी दिनमा क्ष्एइ जारी गर्ने चरणमा पु¥याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नको लागि एन आई सी एशिया क्यापिटल र अगम फूड इण्डष्ट्रि बीच सम्झौता भएको क्यापिटलले जनाएको छ।

अगम फूड इण्डष्ट्रि प्रा.लि. नेपालको सबैभन्दा ठुलो स्टीम राइस मिल उद्योग मध्ये एक हो । उक्त राइस मिल उद्योग सन् २००५ देखि भरतपुर वडा नं. १३, चितवनमा उद्योग स्थापना गरी नियमित रुपमा आफ्नो उत्पादन देशको विभिन्न भु–भागमा बिक्री वितरण गर्दै आइरहेको छ । स्वदेशी किसानहरुबाट धान खरिद गरी चामल उत्पादन गरी चामलको आयात घटाइ राष्टिय अर्थतन्त्रलाई बढोक्तरी दिने मुख्य उद्देश्यका साथ संचालन गरिएको अगम फूड  इण्डष्ट्रिले आगामी दिनमा अत्याधुनिक प्रविधिको प्रयोग मार्फत आफ्नो उत्पादनलाई नेपालभर विस्तार गरी उपभोक्ताहरुलाई सहज, सर्वसुलभ, गुणस्तरीयका साथै सुपथ मुल्यमा चामल लगायत अन्य उत्पादनहरु उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved