मनकामना इन्जिनियरिङको पहिलो चरणको आईपिओ असार १९ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2023 | 08:41:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले असार १९ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले असार १९ गतेदेखि आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ८ लाख कित्ता शेयर आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गर्ने छ। यस निष्काशनमा दोलखाका गौरीशंकर गाउँपालिकाका वडा नम्बर ५,६,७, र ८ , बिगु गाउपालिकाको वडा नम्बर ४, र कालिन्चोक गाउँपालिकाको वडा नम्बर ३ का स्थानीयले आवेदन दिन सक्ने छन् । त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई २ लाख कित्ता शेयर निष्काशन हुने छ ।

स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजा कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा साउन २ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन २ गतेसम्म मात्र आवेदन दिन सकने छन् । शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । मनकामना इन्जिनियरिङ्गले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ।  आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved