लक्ष्मण दाइको भूमिकामा गृहमन्त्री श्रेष्ठ, नियमितभन्दा फरक दृश्यले देख्नेहरु पनि दङ्ग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2023 | 10:20:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रिपब्लिक मिडिया लिमिटेड साधारण सेयर बाँडफाँडको विषय फेरि चर्चामा आएको छ। सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने पहिलो सञ्चारमाध्यमका रुपमा चर्चामा रहेको रिपब्लिकाको आइपीओ बाँडफाँडको घटनाले झनै चर्चा चुलिएको छ । 

केही अपवादबाहेक सामान्यतया साधारण सेयर निष्काशन गर्ने कम्पनी र इस्यु म्यानेजरको उपस्तितिमा साधारण शेयर लगानीकर्ताबाट नम्बर लेखिएको बल तानेर आइपीओ बाँडफाँड हुँदै आएको छ। तर सोमबार आइपीओ बाँडफाँड भएको रिपब्लिकाको हकमा भने साधारण सेयर लगानीकर्ताको ठाउँमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आएपछि चर्चाले शिखर चुमेको हो । 

यस अगाडि केही अपवादबाहेक अधिकांश कम्पनीको आइपीओ बाँडफाँडमा लक्ष्मण दाई भनेर चिनिने सर्वसाधारण सेयर लगानीकर्ता लक्ष्मण  श्रेष्ठले बल निकाल्ने गदर्थे। तर सोमबार आइपीओ बाँडफाँड भएको रिपब्लिकाको हकमा भने उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको उपस्तितिको दृश्यले देख्नेहरु पनि दङ्ग परे ।

यसलाई विभिन्न कोणबाट व्याख्या गरिए पनि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठबाट आइपीओ बाँडफाँडका लागि बल तान्दै गरेको दृश्यले त्यहाँ उपस्थित मानिसहरु अच्चम्मित नै भए।

केहीले आइपीओ ल्याउने पहिलो पत्रिका भएकाले उपप्रधान तथा गृहमन्त्रीको उपस्तिथिले हौसला बढाउने टिप्पणि गरेका छन् भने केहीले उपप्रधान तथा गृहमन्त्री जस्ता व्यक्ति पनि लक्ष्मण दाई जस्ता साधारण सेयर लगानीकर्ताको भूमिकामा देखिनु पाच्य नभएको भनी आलोचना गरे ।

यसलाई सर्वसाधारण सेयर लगानीकर्तामाथि रिपब्लिकाका मालिक विनोद ज्ञवाली परिवारको भद्दामजाकको रुपमा पनि लिइएको छ। आइपीओ बिक्री वितरणबाट उठेको पैसामध्ये ३० करोड ८६ लाख रुपैयाँ मिडिया चलाउँदा लागेको ऋण भुक्तानी गरेर भविष्यमा सर्वसाधारण लगानीकर्तालाई प्रतिफल दिने प्रतिबद्धता जनाएको कम्पनीले पाँचतारे होटलमा कार्यक्रम राखेर यो तामझाम गर्नुलाई पनि आम लगानीकर्ता चिढिएको कार्यक्रममा उपस्थितहरुको आलोचनाले पुष्टी गर्छ। 

कम्जोर विद्यार्थीलाई पास गराउन सजिलो प्रश्न ल्यादिए झैँ नेपाल धितोपत्र बोर्डले नै आइपीओ ल्याउने कम्पनीलाई नेटवर्थ निकाल्दा फर्मूलानै सजिलो बनाइदिएपछि  आइपीओ ल्याउन पाएको रिपब्लिकाले धेरै पटक भद्दामजाक गरेको अर्का एक लगानीकर्ता बताउँछन्। 

भविष्य बोकेको अनलाइन फर्म्याटमा रहेको नागरिकलाई छोरीको नाममा राखेर भविष्य अनिश्चित रहेको र करोडौँँ ऋण रहेको पत्रिकाको सेयर मात्रै सर्वसाधारणलाई थम्याउने काम आफैँमा भद्दामजाक भएको र पाँचतारेको यो रवाफले पैसाका आडमा जे पनि गर्न सकिने सन्देश गएको भन्दै ति लगानिकर्ताले असन्तुष्टि पोखे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved