कहाँ पुग्यो घोराही सिमेन्टको आइपीओ अनुसन्धानको प्रक्रिया ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2023 | 11:14:50 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थगित गरिएको घोराही सिमेन्ट ईण्डष्ट्री  लिमिटेडको आइपीओ  प्रकरणको अनुसन्धान अझैं नसकिएको पाईएको छ। अनुसन्धान प्रकृया अहिले पनि जारी रहेको नेपाल धितोपत्र बोर्डले जनाएको हो । 

अनुसन्धानका लागि  उप कार्यकारी निर्देशक दिपेश ताम्राकारको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले अनुसन्धान अझै नसकेको बोर्डले जनाएको छ। उक्त समितिले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि त्यसमा छलफल हुने बोर्ड अध्यक्ष रमेश हमालले जानकारी दिए। 

अध्यक्ष हमालका अनुसार समितिले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनउपर छलफल गरेर मात्रै स्थगित गरिएको घोराही सिमेन्टको आइपीओ प्रकृयाबारे थप निर्णय लिइनेछ।  

खातामा भएको पैसा भन्दा बढी रकमको लागि आबेदन परेको र रेटिंङबारे प्रश्न उठेपछि अनुसन्धान आवश्यक भएको भन्दै नेपाल धितोपत्र बोर्डले असार ४ गते आइपीओ स्थगितको लागि निर्देशन दिएको थियो। 

घोराहीले जेठ ३२ गतेदेखि ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता ४३५ रुपैयाँक दरले सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गरेको थियो। पर्याप्त आबेदन परे असार ४ गतेनै बन्द गर्ने र नपरे असार १४ गतेसम्मका लागि न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन पाइनेगरि आबेदन खुला गरेको थियो। तर साधारण सेयर निष्काशनको लागि तोकिएको पहिलो बन्द हुने मिति अर्थात असार ४ गते परेको आबेदनमा धेरैको खातामा पैसा नभएको भन्दै घोराहीले आबेदन दिने म्याद थप गरेको थियो। 

तर पर्याप्त आबेदन पर्दापर्दै पनि म्याद थप गरेकोमा असन्तुष्टि देखाएको धितोपत्र बोर्डले पैसा नभएको खाताबाट परेको आबेदनमा शंका गरेपछि र आफैले पहिला सहि भनेको रेटिंङमा कैफियत देखेपछि आबेदनको पहिलो बन्द हुने मिति अर्थात असार ४ को अन्तिम घडीमा आइपीओ स्थगित गर्नलाई निर्देशन दिएको थियो। 

त्यसयता घोराहीमा आबेदन भर्नेको पैसा बैंक खातामै 'होल्ड' भएको छ भने घोराहिको आइपीओ प्रकरण के हुन्छ भन्ने अन्यौल यथावत रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved