सर्वसाधारणलाई आइएमई लाइफ इन्स्योरेन्सको आईपिओ निष्काशन हुने मिति परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 08:16:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई असार २१ गतेदेखि मात्र सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि आज असार २० गतेदेखि शेयर निष्काशन गर्ने जनाएकोमा प्राविधिक कारण देखाउदै आईपिओ निष्काशन मिति एक दिन पछि सारेको हो ।'

 अब कम्पनीका लगानीकर्ताले असार २१ देखि असार २५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गर्ने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ। 

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओ बाँडफाँड गरिसकेको छ।

 आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ । नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved