भिजन सेक्युरिटिज बन्यो सीकेवाईसी कार्यान्वयन गर्ने पहिलो ब्रोकर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 05:50:08 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर वजारमा निक्षेप तथा राफसाफ सेवा उपलव्ध गराउने प्रयोजनका लागि स्थापित कम्पनी सिडिएस एण्ड क्लियरिङ्ग लि र भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) वीच “विद्युतीय केवाईसी प्रणाली” मार्फत डिम्याट खाता सञ्चालन गर्ने सम्वन्धी सम्झौता भएको छ ।

“विद्युतीय केवाईसी प्रणाली” मार्फत डिम्याट खाता सञ्चालन सेवा उपलव्ध गराउन मिति २०८० साल श्रावण १२ गते शुक्रवारका दिन सम्झौता भएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लि. ले निक्षेप सदस्य भिजन सेक्युरिटिज् प्रा.लि. संग पहिलो सम्झौता गरि यो सेवा लागु गरेको हो । 

यो सेवा लागु भए पश्चात ग्राहकहरुले विद्युतीय माध्यमवाट आफ्नो खाता रजिष्ट्रर गर्न सक्नेछन् । ग्राहकको औठा छाप, विद्युतीय हस्ताक्षर तथा फोटो समेत प्रणालीमा अध्यावधिक हुनेछ । यसरी रजिष्ट्रर प्रकृया पुरा गरे पश्चात ग्राहकलाई प्राप्त हुने सेन्ट्रल केवाईसी नम्बर लिए पश्चात सिडिएस एण्ड क्लियरिङ्ग लि. वाट यो सुविधा लिएका अन्य निक्षेप सदस्य, ब्रोकर लगायतका संस्थामा खाता खोल्नु परेमा उक्त नम्वरको प्रयोग गरि सजिलै खाता खोल्न सकिने र पुनः अर्काे फारम भर्न पर्ने झन्झटवाट ग्राहकहरु मुक्त हुने हुँदा लगानीकर्ताहरु थप लाभान्वित हुन सक्ने भिजन सेक्युरिटिजले जनाएको छ । यसरी खोलिएका खाताहरुको विवरण समेत अनलाईन लगईन मार्फत ग्राहक आफैले हेर्न पाउने व्यवस्था समेत रहेको छ।

कम्पनीले ग्राहकहरुलाई कार्यालयमा उपस्थित भई सेन्ट्रल केवाईसीमा अद्यावधिक गरि खाता खोली मौकाको फाईदा उठाउन आग्रह गरेको छ । 

यो पनि : सीकेवाईसी कार्यान्वयनमा, 'युनिक आईडी' लिएपछि पटक पटक केवाईसी भर्ने झन्झट अन्त्य

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved